हेटौंडामा ६६४१ मतगणना गर्दा मेयरमा एमाले भन्दा गठबन्धन २ मतले अगाडी


१ जेठ,मक्रान्चुली- हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । हेटौंडामा ६ हजार ६४१ मत गन्दा मेयरमा एमाले भन्दा गठबन्धन २ मतले अगाडी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा गठबन्धनका उमेदवार मिना लामाले २ हजार १३० मत पाउँदा एमालेका उमेदवार अनन्त पौडेलले २ हजार १२८ मत पाएका छन् । यस्तै राप्रपाका दिपकबहादुर सिंहले २ हजार एक मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका उमेदवार राजेश बानियाँले ३ हजार १६५ मत पाउँदा एमालेकी उमेदवार सुमित्रा काफ्लेले २ हजार ३९६ मत पाएकी छन् । यस्तै राप्रपाकि उमेदवार इन्दिरा न्यौपानेले ७ सय पाँच मत पाएकी छन् ।

अहिले वडा नं १,२ र १८,१९ को मतगणना भइरहेकोमा वडा नं १ र २ मा कांग्रेसले अग्रता लिएको छ भने वडा नं १८ र १९ मा एमालेले अग्रता लिइरहेको मतगणना स्थलमा रहेकी पत्रकार सिर्जना नेपालले बताएकी छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति