मकवानपुरगढी गाउँपालिका मतगणना अपडेट: वडा नं २ र ७ मा ६-६ सय मतको परिणाम सार्वजनिक



१ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नं २ को ६०० मत गणना भएको छ ।जस अनुसार पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले २०२ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ३२४ मत र राप्रपाका विजय सिं ठकुरीले ८ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले १६८ मत , गठबन्धनका मानकुमारी पाख्रीनले २७८ मत र राप्रपाले ११ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले १७९ , कांग्रेसले ३१३ , माओवादी केन्द्रले ८५ र राप्रपाले १२ मत गरेका छन् ।

वडा नं ७ मा ६०० मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले १७३ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ३३४ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले १६२ मत , गठबन्धनका मानकुमारी पाख्रीनले ३२७ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले १५९ , कांग्रेसले २३९ र माओवादी केन्द्रले १४५ मत गरेका छन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेले अध्यक्षमा ९८२ मत पाउँदा गठबन्धनले १७५६ मत प्राप्त गरेको छ । त्यस्तै उपाध्यक्षमा एमालेले ९६१ मत प्राप्त गर्दा गठबन्धनका उमेदवारलाई १४८० मत प्राप्त भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति