मकवानपुरगढीमा वडा नं २ र ७ मा ९-९ सय मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनको अग्रता बढ्दै



१ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइरहेको छ । दुबै वडाको अहिले ९-९ सयको मत परिणाम सार्वजनिक गरिएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नं २ को ९०० मत गणना हुँदा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले २९६ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ४८६ मत र राप्रपाका विजय सिं ठकुरीले ११ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले २६४ मत , गठबन्धनका मानकुमारी पाख्रीनले ४०५ मत र राप्रपाले १६ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले २६८ , कांग्रेसले ४६६ , माओवादी केन्द्रले ११६ र राप्रपाले १६ मत प्राप्त गरेका छन् । ९ मत बदर भएको छ ।

यसैगरी वडा नं ७ मा पनि ९०० मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले २५७ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ५११ मत र राप्रपाले २ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले २४५ मत , गठबन्धनका मानकुमारी पाख्रीनले ४९० मत र राप्रपाले ५ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले २३९ , कांग्रेसले ३६७ , माओवादी केन्द्रले २११,राप्रपाले ७ र एकीकृत समाजवादीले १४ मत प्राप्त गरेका छन् । १३ मत बदर भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार