मकवानपुरगढीमा वडा नं २ मा १ हजार र ७ मा ११ सय मतको परिणाम सार्वजनिक


१ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइ रहँदा भर्खरै मतपरिणाम सार्वजनिक भएको छ । दुबै वडा मध्ये अहिले वडा नं २ मा १ हजार र वडा नं ७ मा ११ सयको मत परिणाम सार्वजनिक गरिएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नं २ को १ हजार मत गणना हुँदा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले ३३१ मत तथा गठबन्धनका दोर्जे लामा स्याङ्तानले ५४३ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले २९२ मत प्राप्त गर्दा गठबन्धनका मानकुमारी पाख्रीनले ४५५ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले २९३ , कांग्रेसले ४१६ , माओवादी केन्द्रले १३४ मत प्राप्त गर्दा ११ मत बदर भएको छ ।

यसैगरी वडा नं ७ मा पनि ११ सय मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले ३०५ मत तथा गठबन्धनका दोर्जे लामा स्याङ्तानले ६२९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले २९१ मत पाउँदा गठबन्धनका मानकुमारी पाख्रीनले ६०५ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले २८०, कांग्रेसले ४४३ र माओवादी केन्द्रले २६८ मत प्राप्त गर्दा १७ मत भने बदर भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति