मकवानपुरगढी मतगणना अपडेट: वडा नं २ र ७ मा गठबन्धनलाई अग्रता,वडामा कांग्रेस अगाडी


१ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइ रहँदा केहिबेर अघि मतपरिणाम सार्वजनिक भएको छ । दुबै वडा मध्ये अहिले वडा नं २ मा ११ सय र वडा नं ७ मा १३ सयको मत परिणाम सार्वजनिक गरिएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नं २ को ११ सय मत गणना हुँदा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले ३६७ तथा गठबन्धनका दोर्जे लामा स्याङ्तानले ५९२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले ३०९ मत प्राप्त गर्दा गठबन्धनका मानकुमारी पाख्रीनले ४९५ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले ३१९ , कांग्रेसले ५६८ र माओवादी केन्द्रले १४७ मत प्राप्त गर्दा १३ मत बदर भएको छ ।

यसैगरी वडा नं ७ मा पनि १३ सय मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले ३५९ मत तथा गठबन्धनका दोर्जे लामा स्याङ्तानले ७३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले ३५९ मत पाउँदा गठबन्धनका मानकुमारी पाख्रीनले ७१२ मत प्राप्त गरेकी छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले ३२८ , कांग्रेसले ५२१ र माओवादी केन्द्रले ३२२ मत प्राप्त गर्दा २४ मत भने बदर भएको छ ।

वडा नं २ मा कुल मतदाता ३ हजार ८० रहेकोमा २२ सय ८१ मत खसेको थियो भने वडा नं ७ मा कुल मतदाता २२ सय ६२ रहेकोमा १६ सय ४८ मत खसेको थियो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति