भरतपुरको मेयरमा एमालेका सुवेदीको अग्रता


१ जेठ – भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेकपा एमालेका विजय सुवेदीले १४ मतले अग्रता लिएका छन् । सुवेदीले गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पछि पार्दै अग्रता लिएका हुन् ।

एमालेका उमेदवार सुवेदीले २६९३ मत प्राप्त गर्दा गठबन्धनकि उमेदवार दाहालले २६७९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन् ।

यसैगरी उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङ्गलाई पछि पारेका छन् । अधिकारीले २९६५ मत ल्याउँदा गुरुङ्गले २१४४ मत पाएकी छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति