मकवानपुरगढी वडा नं ७ को वडाध्यक्षमा कांग्रेसका सुर्यबहादुर रुम्बा विजयी



२ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ७ को वडाध्यक्षमा ६७६ मत प्राप्त गरि नेपाली कांग्रेसका सुर्यबहादुर रुम्बा पुनः विजयी भएका छन् । रुम्बासँगै उनको प्यानल नै विजयी भएको छ । 
रुम्बाका प्रतिद्वन्दी नेकपा एमालेका एकरत्न गोलेले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका चन्द्र बहादुर योन्जनले ४०४ मत पाएका छन् ।

वडा नं ७ मा गाउँपालिका अध्यक्षमा गठबन्धन (नेपाली कांग्रेस) का दोर्जे लामा स्याङ्तानले ९२९ मत पाउँदा एमालेका बिदुर हुमागाईले ४५२ प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धन (माओवादी केन्द्र) कि मानकुमारी पाख्रीनले ९०७ मत पाउँदा एमालेकि सन्तु थिङले ४३२ मत प्राप्त गरेकी छन् ।

यसैबीच , मकवानपुरगढी गाउँपालिकाको वडा नं २ मा १५ सय मत गणना गर्दा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन् । राती ११:४५ मा प्राप्त पछिल्लो परिणाम अनुसार वडा अध्यक्षमा कांग्रेसको ७८२, एमालेको ४१७ र माओवादी केन्द्रको २०८ मत प्राप्त भएको छ ।

त्यसैगरी वडा नं २ को १५ सय मत गणनामा गठबन्धन तर्फबाट पालिकाको अध्यक्षका उमेदवार दोर्जे लामा स्याङ्तानले ८१२ मत प्राप्त गर्दा एमालेका बिदुर हुमागाईले ४७७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनकी उमेदवार मानकुमारी पाख्रीनले ६८० मत प्राप्त गर्दा एमालेकी सन्तु थिङले ४२३ मत प्राप्त गरेकी छन् । अहिले वडा नं २ को मतगणना जारी छ । वडा नं ७ को विजयी सँगै नेपाली कांग्रेसले मकवानपुरगढीको १ र ८ सहित ३ ओटा वडामा प्यानल सहित विजयी हाँसिल गरेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति