मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका स्याङ्तान र पाख्रीन विजयी


३ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रेसका दोर्जेलामा स्याङ्तान विजयी भएका छन् । स्याङ्तानले ६७०६ मत प्राप्त गरि विजयी हुँदा एमालेका अध्यक्षका उमेदवार निवर्तमान गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले ५६४५ मत प्राप्त गरेका छन् । स्याङ्तानले हुमागाईलाई १०६१ को मतान्तरमा जित हाँसिल गरेका हुन् ।

यसैगरी पालिकाको उपाध्यक्षमा मानकुमारी पाख्रीन (नेपाली) ले ६११० मत प्राप्त गरि विजयी भएकी छिन् । एमालेकी उपाध्यक्षकि उमेदवार सन्तु थिङले ५२०४ मत प्राप्त गर्दा ९०६ मतको अन्तरमा पाख्रीनले विजयी हाँसिल गरेकी हुन् । उनी गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षकि उमेदवार रहेकी थिइन ।

८ ओटा वडा रहेको गाउँपालिकाको १,२,५ ,६,७ र ८ गरि ६ ओटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । भने एमालेले ३ र ४ वडामा जितेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति