मकवानपुरगढी ४ को वडा अध्यक्षमा एमालेका अर्जुन तिमल्सिना प्यानल सहित विजयी


३ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को वडाध्यक्षमा एमालेका अर्जुन तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका वडाध्यक्षका उमेदवार हेमबहादुर योन्जनलाई १६४ मतको अन्तरमा प्यानल सहिस जित हाँसिल गरेका हुन ।

तिमल्सिनाले ६३४ मत प्राप्त गरि विजयी हुँदा माओवादी केन्द्रका हेमबहादुर योन्जनले ४७० मत प्राप्त गरेका थिए । अर्का उमेदवार नेपाली कांग्रेसका देवनारायण लामिछानेले ३९६ मत पाएका थिए ।

बागमती प्रदेश मुख्य समाचार राजनीति