मकवानपुरगढीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण



५ जेठ,मक्रान्चुली- हालै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनबाट मकवानपुरगढी गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिलाई आज प्रमाण पत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको हो ।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता तथा निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजविर मुक्तान,नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्का, नेकपा (एस) का अध्यक्ष अर्जुन प्रसाद दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । दलका प्रतिनिधिहरुले समग्र गाउँपालिकाको विकासमा अग्रसर रहने जनप्रतिनिधिलाई राजनितिक दलको तर्फबाट साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दोर्जे लामा स्याङ्तान , उपाध्यक्ष मानकुमारी पाख्रीन(नेपाली) ले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बागमती प्रदेश मुख्य समाचार समाज