निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना


५ जेठ,मक्रान्चुली- हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा निर्वाचित भएका वडा अध्यक्ष लगायत सदस्यहरूलाई बधाई तथा सफलताको शुभकामना दिइएको छ ।

बिहीबार एमाले पार्टी कार्यालय मक्रान्चुलीमा आयोजना गरिएको कार्यक्रम उनीहरूलाई पार्टीका तर्फबाट बधाई दिइएको हो । एमाले बागमती प्रदेश कमिटी सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिवालय सदस्य बिदुर हुमागाईको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य मेम्बर लो,जिल्ला सदस्य हरिप्रसाद कंडेल,एमाले गाउँकमिटी अध्यक्ष रामजी सापकोटा,जिल्ला सल्लाहकार सदस्यहरु हरिप्रसाद अधिकारी ,कृष्णप्रसाद पोखरेल ,अर्जुन सापकोटा लगायतकाको आतिथ्यता रहेको एमाले गाउँकमिटीका सह-सचीव चन्द्र बहादुर योन्जनले बताए ।

कार्यक्रममा वडा नम्बर ३ मा नवनिर्वाचित वडा अध्यक्ष भागवत घिमिरे , वडा सदस्यहरु मन्जु योन्जन ,बिमला बिक,प्रेमबहादुर थोकर र बिदुर हुमागाईलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम वडा नम्बर ३ का एमाले पार्टी कमिटी अध्यक्ष राजु सापकोटाको अध्यक्षता भएको थियो ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज