सामरीखोला खन्ने काम रोकियो,तीन दिनमा २८ लाख राजश्व संकलन भएको दाबी


मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर–५ र ६ मा पर्ने सामरी खोलामा भएको दोहन आइतबार बिहानबाट रोकिएको छ । क्रसर उद्योगका तर्फबाट खोला उत्खनन् गर्न प्रयोग भएका एक्साभेटर पनि निकालीएको छ ।

विभिन्न संचारमाध्यममा समाचार प्रकासीत भएपछी तीन दिन देखिको खोला दोहन आजबाट रोकिएको हो । गाउँपालिकाका लागि राजस्व संकलन गर्ने उदेस्यले उत्खनन् गरिएको र आजबाट उत्खनन्को काम रोकिएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र ६ मा पर्ने सामरी खोलामा वषौ देखि नविकरण समेत नभएका क्रसर उद्योग र बालुवा उद्योगहरुले गतवर्षकै ग्राभेल उत्खनन् गरेको एक करोड बुझाउन बाँकी नै रहेको बुझिएको छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरी तीनै क्रसर उद्योगलाई पोस्नेगरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्साभेटर लगाएर उत्खनन् गरिएको विषय प्रति स्थानीय वासिन्दाहरुले समेत गुनासो गरेका थिए ।

जेठको अन्तीममा आएर सामरी खोलामा उत्खनन् गर्दा धेरै ग्राभेल जम्मा भएको क्षेत्र भन्दा पनि जता क्रसर उद्योग छ त्यतै अघिल्तीरबाट मात्र खोला उत्खनन् गर्न दिइएको छ । आईई गरेको क्षेत्र, तोकिएको मापदण्ड भन्दा पनि एक्साभेटरलाई खन्न क्रसर उद्योगले जता लगाइयो त्यतैबाट मात्र उत्खनन् गरिएको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् ।

क्रसर उद्योगलाई कहानिरको खोला खन्दा सहज हुन्छ र ढुवानी गर्नका लागि सजिलो हुन्छ त्यहीनै उत्खनन् गरिएको भन्दै सामरी खोलामा बाढी आएको समयमा खोला उत्खनन् गर्दा झनै समस्या हुने र बाढी बस्तीमा पस्न सक्ने स्थानीय वासिन्दाहरुले बताएका छन् ।

जेठ मसान्त सम्म खन्न पाइने नियमका कारण सुक्रबारबाट खोला उत्खनन् गरेर क्रसर उद्योगलाई ग्राभेल दिन सुरु गरिएको भएपनि आजबाट पुरै उत्खनन्को काम रोकिएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले बताउनुभयो । क्रसर उद्योगले तिर्न बाँकी रकम असार १५ गते सम्म बुझाउने सहमती अनुसार उत्खनन् गर्न दिइएको र त्यो रकम भने जसरी पनि संकलन गर्ने उहाँले बताउनुभयो ।

तीन दिन खोला उत्खनन गर्दा २८ लाख राजश्व संकलन :

तीन दिन मात्र पनि उत्खनन् गर्दा गाउँपालिकालाई २८ लाख रुपैयाँ राजश्व संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख पुडासैनीले बताउनुभयो । जेठ मसान्त सम्म खोला उत्खनन् गरेर एक करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष राखिएपनि चौतर्फि दवाबका कारण राजश्व संकलनमा समस्या परेको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ को सिमल्टार, भालुखोला, वडा नम्बर–६ को बागदली लगायतका क्षेत्रमा चार वटा एक्साभेटरले उत्खनन् गरेर क्रसर उद्योगमा लैजाने गरेको गाउँपालिकाका राजश्व तथा योजना साखाका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । गतवर्षको पनि ग्राभेलको रकम नतिरीकन ग्राभेल उत्खनन् गर्ने क्रसर उद्योगहरु आमभन्ज्याङ्ग एग्रिगेढ, साइबाबा क्रसर उद्योग, सामरी बालुवा उद्योग लगायतका रहेका र गतवर्षको पनि रकम बुझाउने सर्तमा मात्र खोला उत्खनन् गर्न दिइएको न्यौपानेले बताउनुभयो ।

२४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार गरिएको नदीजन्यपदार्थ उत्खननबाट तीन दिनमा २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको न्यौपानेले बताउनु भएको छ । उहाँले गतवर्षकै विभिन्न क्रसर तथा बालुवा उद्योगबाट उठाउन पुरानो बक्यौता रकम मध्येबाट ३५ लाख पनि संकलन गरिएको तथा बाकीँ बक्यौता रकम असार १५ मा जम्मा हुने गरी सहमती गरिएको समेत बताउनु भएको छ ।

अर्थ बागमती प्रदेश मुख्य समाचार समाचार समाज