हेटौंडामा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकै घरका बाबु र छोरी रहेका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा ग्यास बुलेटले ठक्कर दिदा सव समेत क्षतविच्छेद भएको थियो । बारा तर्फबाट हेटौंडा आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ग्यास बुलेटको ठक्करबाट हेटौंडा–९ बस्ने ५५ वर्षिय इश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज साँझ हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको मोटरसाइकल र पशुपतिनगरबाट हेटौंडा तर्फ आउदै गरेको उक्त बुलेट एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुवैको घटनास्थलमानै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज