अनेरास्ववियु मकवानपुरद्वारा मकवानपुरगढी दरवार परिसरमा सरसफाइ

१२ असार,मक्रान्चुली- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको आयोजनामा ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा सफाई गरिएको छ ।

सरसफाइ कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य किशिन घिसिङ, मकवानपुर सचिब पुष्कर तिमल्सिना, स्वयम् सेवक विभाग प्रमुख मनिश मान श्रेष्ठ, हेटौंडा उपमहानगर कमिटी सह-संयोजक सागर गौतम, मकवानपुर बहुमुखी क्याम्पस सचिब प्रसिद्ध रेग्मी तथा विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

आन्तरिक तथा बैदेशी पर्यटनहरुले मकवानपुरगढी दरवार क्षेत्रमा फोहर मैला थुप्रिएको र दरवार क्षेत्र निकै फोहोर अवस्थामा रहेको हुनाले सरसफाइ गरिएको मकवानपुर स्वयम् सेवक विभाग प्रमुख मनिश मान श्रेष्ठले बताए ।

सोहि अवसरमा दरवार क्षेत्रमा रहेको नेपालको झण्डा पुरानो भएकाले परिवर्तन गरिएको श्रेष्ठले बताएका छन् ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाचार समाज