मकवानपुरगढी गाउँपालिका र निकालिएका कर्मचारीलाई छलफलका लागि अदालतले बोलायो

१६ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले हटाएका करारका कर्मचारीहरुले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौंडाले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गाउँपालिकाले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरेपछि केही कर्मचारीले उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्धा दायर गरेका थिए । दाएर मुद्धामा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

गाउँपालिकाबाट हटाइएका स्वास्थ्य क्षेत्रका करारका कर्मचारी उमेश अधिकारी लगायतकाले अदालतमा मुद्धा दायर गर्नु भएको थियो । उच्च अदालतले यही साउन १९ गते गाउँपालिका र हटाइएका कर्मचारीलाई निकाल्न निर्णय गरिएको सक्कल माइन्युट सहित उपस्थितका लागि भनेको हो ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्थानीय