नेकपा एमाले मकवानपुरको शुशु अभियान, शुद्विकरण आफैँबाट थालौ : राना

 

हेटौंडा / नेकपा एमाले मकवानपुरले संगठन शुद्धीकरण तथा सुढृडीकरण अभियान संचालन गरेको छ ।
अभियान अन्तर्गत नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले विभिन्न समितिकाे सपथ ग्रहण कार्यक्रमको आयाेजना गरेकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाले पार्टीमा शुद्विकरण आफैँबाट थाल्नुपर्ने र कम्युनिष्ट आन्दाेलनलाई निष्ठाका साथ अगाडि बढाउन पर्ने बताउनु भएकाे छ ।

केन्द्रिय सदस्य रानाले अप्राकृतिक र आडम्बरको जगमा उभिएको गठबन्धन सरकारले नागरिकता ऐन, एमसिसिको नाममा राष्ट्रघात गरेको र सरकारको अराजक क्रियाकलापले सीमा नाघेकाे बताउँदै नेकपा एमालेकाे हस्तक्षेपकारी भूमिकाबाट नै गलत क्रियाकलापलाई विस्थापन गर्नसक्ने बताउनुभयाे ।

नेकपा एमाले मकवानपुरले जिल्ला कमिटीको बैठकबाट निर्णय भए अनुसार लेखा समितिकाे संयाेजकमा शेखर थपलियाकाे संयाेजकत्वमा ७ सदस्यीय, बलराम हुँमगाईकाे नेतृत्वमा १ सय २५ सदस्यीय जिल्ला सल्लाकार कमिटी र बनमाली सुवेदीकाे अध्यक्षतामा २९ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेकाे छ ।

कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्य बलराम बल, रघुनाथ खुलाल, दिलबहादुर घिसिङ्ग, अर्जुन अर्याल, भाेजराज ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय