मकवानपुरगढीका किसान डिजिटल प्रविधिसँग जोडिदै

१० भाद्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा स्थापना भएको डिजिटल कृषि, सूचना तथा परामर्श सेवा केन्द्रसँग जोडिनको लागि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ ।

कृषि विकास बैंक कान्तिराजपथ शाखा हेटौडाको आयोजनामा संचालन भएको बित्तिय शिक्षा तथा व्यवसाय साक्षरता कार्यक्रममा सहभागी मकवानपुरगढीका कृषकहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कार्यक्रमको अवसरमा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री मानकुमारी पाख्रिन नेपालीले सो कार्यक्रममा सहभागी कृषकहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा डिजिटल कारोबार गर्नको लागि कृषि विकास बैकले उपलब्ध गराएको एम्पोस मेशिन मकवानपुरगढी-३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल लाई हस्तान्तरण गरिएको छ ।

डिजिटल कृषि सूचना तथा परामर्श सेवाको विषयमा कृषि अधिकृत चन्द्रकान्त चौधरी र कृषि विकास बैंकका मूल्य श्रृंखला सहजकर्ता श्री ईश्वर राज पन्तले सहजीकरण गर्नुभएको थियो ।

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार स्थानीय