नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमती प्रदेशलाई थप १ स्वर्ण 


कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा बाग्मती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ ।

आज बुधवार भएकाे खेलमा पुरुष टिम फोयलमा बाग्मतीले नेपाली सेनालाई हराउँदै स्वर्ण पदक जितेको हो । बाग्मतीका लागि फेन्सिङमा याे तेस्रो स्वर्ण पदक हो । नेपाली सेनाले रजत तथा सुदूरपश्चिम र प्रदेश नम्बर १ ले कास्य पदक प्राप्त गरेका छन् ।

फेन्सिङको अङ्क तालिकाअनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ । आर्मीले दुई स्वर्ण, चार रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित आठ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ । गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक–एक कास्य पदक प्राप्त गरेका छन् ।

खेलकुद गण्डकी प्रदेश प्रदेश समाचार बागमती प्रदेश