मकवानपुरगढीमा किसान कृषि कर्जा कार्ड कार्यक्रमको अनुगमन


२५,कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा किसान कृषि कर्जा कार्ड मार्फत भएको कामको अनुगमन गरिएको छ ।

वडा न. ३ देवीडाँडाका ८ जना महिला कृषकहरुले गत वर्ष किसान कर्जा (क्रेडिट) कार्ड मार्फत लिनुभएको कर्जाबाट गरेको कामहरुको अनुगमन गरिएको हो ।

नबिल बैंक लिमिटेड मक्रान्चुली शाखाका शाखा प्रबन्धक पुष्पराम महतो र मकवानपुरगढी गाउँपालिका कृषि शाखाबाट संयुक्त रुपमा अनुगमन गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

अनुगमनको क्रममा किसानहरुले गाई खरिद गरी नियमित रुपमा दुध बिक्री गरि आम्दानी गरिरहेको र कोहि किसानले गाई खरिद सँगैे गोठ सुधार समेत गरेको पाइएको उहाँले बताउनुभयो ।

कृषकहरुसँग गरिएको अन्तरक्रियाबाट लगानी गरिएको ऋणको रकम वृद्वि गर्दा कृषकहरु लाभान्वित भई व्यवसाय समेत वृद्वि हुने देखिएको कृषि प्रमुख चौधरीको भनाई रहेको छ ।

अर्थ कृषि समाचार मुख्य समाचार समाज स्थानीय