ओनसरी टुरिस्ट उम्मेदवार, जनताले उनलाई जिताउनु हुँदैनः कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउन नहुने बताएकी छिन्।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन्।

यस स्थानबाट गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरी घर्तीप्रति लक्षित गर्दै उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं, २ क्षेत्रमा विकासले गति लिन नसकेको बताइन्।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम,रोल्पाको भन्दा विकट स्थिति रहेको बताइन्। उनले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिबद्धता जनाइन्। उनले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताइन्।

उनले कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भए पनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारीसाधन नचलेको स्थिति रहेको जिकिर गरिन्। उनले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताइन्।

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन्। उहाँले काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरूसँग आग्रह गरिन्।

पर्यटन मुख्य समाचार राजनीति