मकवानपुरगढीमा सहिद परिवारका सुदिप पाख्रीन एमाले प्रवेश

 

३० कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ , कालिखोला निवासी सुदिप पाख्रीन बुधबार आज नेकपा एमाले प्रवेश गरेका छन् । पाख्रीन यस अघि माओवादी केन्द्र सँग आवद्ध रहेका थिए ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेले गरेको वडा स्तरीय चुनावी कार्यक्रममा पाख्रीन एमाले प्रवेश गरेका हुन् । उनीसँगै सोही वडा निवासी सुरेन्द्र रुम्बा पनि माओवादी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

आज माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका पाख्रीन माओवादी द्वन्दकालमा सहिद हुनु भएका नेता रुद्र पाख्रीनका परिवारका सदस्य हुन् ।

यस्तै सोही कार्यक्रममा वडा नम्बर ३, देविडाँडाका सुरज लामा,सुरेश भ्लोन सहित २२ जना युवाहरू पनि नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् । ५ दलिय गठबन्धन बाट देशको विकास नहुने भन्दै विकासका लागि एमालेले जित्नुपर्ने उनीहरूले बताएका छन् ।

नवप्रवेशीहरुलाई मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापा , प्रदेश उमेदवार कमल बिष्ट, एमाले मकवानपुरगढी गाउँकमिटी अध्यक्ष रामजी सापकोटा लगायतले टीका, माला र खादा लगाएर स्वागत गरेका थिए ।

बागमती प्रदेश मुख्य समाचार राजनीति समाज