मकवानपुरको समग्र विकासका लागि एमालेको जित अपरिहार्य, हेटौंडालाई प्रदेश राजधानी बनाउन मुख्य रोल खेलें- कमल थापा

३० कार्तिक,मक्रान्चुली- मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागी नेकपा एमालेका उमेदवार कमल थापाले मकवानपुरको समग्र विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताउनु भएको छ ।

मदनभण्डारी मार्ग निर्माण , मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माण , भिमफेदी-कुलेखानी सुरुङमार्ग , हेटौंडामा चक्रपथ निर्माण, हेटौंडा अस्पतालको स्तरोन्नति लगायतका काममा एमाले र आफ्नो भुमिका रहेको थापाले बताउनुभयो ।

एमाले राष्ट्रवादी पार्टी भएको हुँदा देशीविदेशी शक्तिहरुले षड्यन्त्र पुर्वक गठबन्धन गरेर राष्ट्रवादी शक्ति कमजोर पार्नका लागि एमाले विरुद्ध लागेको बताउनुभयो । राष्ट्रवादी पार्टीसँग सहकार्य गर्न पाउँदा तथा एमालेको लोकप्रिय सुर्य चुनाव चिन्हबाट चुनाव लड्दा आफुलाई गर्व लागेको थापाको भनाई रहेकोे छ ।

थापाले हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफुले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री कांग्रेसका सभापति समेत रहनुभएका शेरबहादुर देउवाको नेतृत्वमा रहेको मन्त्रीपरिषदमा आफू बाहेक कोहिपनी हेटौंडाको पक्षमा नरहँदा पनि आफ्नो एकोहोरो हटका कारण हेटौंडालाई प्रदेशको राजधानी तोक्न सफल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा मकवानपुर १ (क) का एमाले उमेदवार कमल बिष्टले आफुहरुले छलछामको राजनीतिक नगर्ने भन्दै आफुबाट राजनीतिक बेइमानी र जनताले पछुताउन नपर्ने गरि काम गर्ने बताउनुभयो । बिष्टले आफू जन्मेको ठाउँ मकवानपुरगढी नै रहेको हुँदा मकवानपुरगढीको विकासमा सधैं लागिरहने बताउनुभएको छ ।

बुधबार मकवानपुरगढीको वडा नम्बर २,३ र ४ मा एमालेले चुनावी कोणसभा सम्पन्न गरेको छ । सभामा एमालेका नेता तथा कार्यकर्ता लगायत मतदाताहरुको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति