प्रदेशसभा तर्फ मकवानपुर २ (१) मा एमालेको अग्रता



६ मंसिर,हेटौंडा- प्रदेशसभा निर्वाचन तर्फ मकवानपुर क्षेत्र नं २ (१) मा एमालेका बिष्णु ढकालले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार १०९५२ मत गणना हुँदा एमालेका बिष्टले ४९९७ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की उमेदवार कुमारी मोक्तानले ४४८९ मत ल्याएकी छन् ।

त्यस्तै तेस्रो स्थानमा राप्रपाका राम बहादुर घलेले ८४३ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेश मुख्य समाचार