बागमती प्रदेशसभा : शपथ सम्पन्न‚ १८ गते अधिवेशन

हेटौंडा : बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शपथग्रहण गरेका छन्।​

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई बिहीवार शपग्रहण गराएका हुन्। ज्येष्ठ सदस्य ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार शपथग्रहण गराएका थिए। ११० जना प्रदेशसभा सदस्यमध्ये १३ जनाले मातृभाषामा शपथ लिएका छन्।

बागमती प्रदेशसभामा यो पटक ७ वटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। १८ गते बस्ने प्रदेशसभाको पहिलो बैठकपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार