ईलामको फिक्कलमा मिल्क एनालाईजर तालिम शुरु

२३ पौष,फिक्कल- ईलामको फिक्कलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शनिबार (आज) देखी शुरु भएको छ ।


पाँच दिनसम्म संचालन हुने तालिमको आज जिल्ला दुग्ध सहकारी संघ ईलामका अध्यक्ष हेमप्रसाद कट्टेलको उपस्तिथिमा उद्घाटन भएको हो । तालिम सुर्योदय नगरपालिका कार्यालयको सभा हलमा हुन लागेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको तालिममा दुग्ध विकास बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेल , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ हेटौंडाका गोविन्द प्रसाद तिमल्सिना र बोर्ड कै अमोग काफ्लेले तालिमको सहजीकरण गर्नुहुनेछ ।


ईलामका विभिन्न दुग्ध सहकारी संस्थाका कर्मचारीहरुको सहभागिता रहेको तालिम यहि पौष २७ गते समापन हुनेछ ।

प्रदेश - १ मुख्य समाचार विज्ञान प्रविधि समाज सहकारी