जिल्ला सहकारी संघ मकवानपुरको साधारणसभा सम्पन्न

२३ पौष,हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघ लि.हेटौंडाको उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सरकार भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले वार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकालले २०७९/०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैंया बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । सभाले दुबै प्रतिवेदन पारित गरेको छ ।

साधारणसभा कै अवसरमा संघका कार्यक्रम संयोजकको रुपमा कार्यसम्पन्न गर्नुभएका शिवहरि दाहाललाई दोसल्ला ओडाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

साधारणसभामा राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एबं संघका निबर्तमान अध्यक्ष बद्रि प्रसाद लम्साल, केन्द्रिय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवं कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक बिमल कुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकवानपुरका सचिव विरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि. हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

संघका सहसचिव शर्मिला श्रेष्ठले सञ्चालन गर्नुभएको सभामा संघका उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

मुख्य समाचार समाज सहकारी