कर्णाली प्रदेश : मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।शर्माले माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए।

माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णालीको नेतृत्व माओवादी र एमालेले आधा-आधा गर्ने गरी सहमति गरेका छन्।

कर्णाली प्रदेश प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार