लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

दाङ : लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् भने पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए।त्यस्तै उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएकी छिन्। उनी राप्रपाबाट समानुपातिक सांसद हुन् ।

यसअघि नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उपसभामुख पदमा मनोनयन दर्ता गराएका थिए। दुबै जनाले उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुखमा निर्विराेध निर्वाचित भएका हुन्।मंगलबार दिउँसो बसेकाे लुम्बिनी प्रदेश सभाकाे बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाकाे उम्मेदवारी कायम भएपछि निर्विराेध निर्वाचित भएकाे घाेषणा गरेका हुन्।

प्रदेश समाचार मुख्य समाचार राजनीति लुम्बिनी प्रदेश