पूर्वमुख्यमन्त्री पाण्डेद्वारा बागमतीको सरकारी गाडी फिर्ता गर्न आनाकानी

हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री पाण्डे मंसिर ४ गतेको निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर(१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा शपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
मुख्यमन्त्रीबाट राजीनामा दिएको ७ दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने प्रावधान भएपनि पूर्वमुख्यमन्त्री पाण्डेले करिब २ महिना पुग्दा पनि अझै सवारी फिर्ता गरेका छैनन् ।

उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ०३(००१(०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जिन्सी शाखाका अनुसार प्रदेशका प्रमुख सचिव मार्फत उक्त सवारी साधन फिर्ता ल्याउन पहल भइरहेको छ ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति