धमिले कृषि सहकारीको साधारणसभा,नवनिर्मित भवनको उद्घाटन साथै जग्गादातालाई सम्मान

२८ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसर पारी सभाका प्रमुख अतिथि मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेबाट रिबन काटेर भवनको उद्घाटन गरिएको हो ।

स्थानीय समाजसेवी एवम् संस्थाका सल्लाहकार गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले संस्थाको लागि १० धुर जग्गा नि:शुल्क उपलब्ध गराए पछि गाउँपालिकाको आर्थिक सहयोग साथै संस्थाको समेत लागत सहभागितामा ३ कोठे भवन निर्माण गरिएको संस्थाका अध्यक्ष नवराज संजेलले बताउनुभयो ।

यसैबीच संस्थालाई नि:शुल्क जग्गा (घडेरी) उपलब्ध गराएको भन्दै जग्गादाता तिमल्सिनालाई सभामा सम्मान गरिएको थियो । साथै भवन निर्माणमा महत्वपूर्ण भुमिका रहेको भन्दै वडाध्यक्ष भागवत घिमिरेलाई समेत सम्मान गरिएको थियो ।

सहकारीले आर्थिक बर्ष २०७८/७९ मा ३९ लाख ६ हजार २ सय २९ रुपैयाको कारोबार गरेको छ । सहकारीमा शेयर पुँजी ९४ हजार ४ सय र बचत निक्षेप २५ लाख ७० हजार ३ सय ५ रुपैया रहेको सहकारीका सचिव राजेश देबकोटाले जानकारी दिनुभयो । बि सं २०६८ सालमा स्थापना भएको सहकारी संस्थामा हाल १६४ जना पुरुष र ६६ जना महिला गरि २ सय ३० जना शेयर सदस्य रहेका छन ।

कार्यक्रममा अध्यक्ष नवराज संजेलले संस्थाको प्रगति प्रतिबेदन, लेखा समिति संयोजक टिकादत्त घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वडा नम्बर ३ का सदस्य जनप्रतिनिधि बिदुर हुमागाई, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल,रानि सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानकी दहाल , सरस्वती आधारभुत विद्यालयका अध्यक्ष भोलानाथ दहाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

अर्थ कृषि समाचार मुख्य समाचार समाज सहकारी