राजु गोले बने बकैया गाउँपालिकाको पहिलो नमूना युवा अध्यक्ष

हेटौंडा / बकैया गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा
बकैया गाउँपालिकामा पहिलो पटक आयोजना भएको नमूना युवा गाउँसभाको अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा राजु गोले नमूना युवा अध्यक्ष पदमा निर्वाचित भएका छन ।

कार्यक्रमको दोश्रो दिन सोमबार भएको नमूना निर्वाचनमा सर्बसम्मत रुपमा बकैया -८ का गोले बकैयाको पहिलो नमूना अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी बकैयाको नमूना उपाध्यक्षमा बकैया ३ की हिसिला जिम्बा निर्वाचित भएकि छिन । उपाध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि जिम्बा निर्बिरोध निर्वाचित भएकी हुन ।

नमुना युवा गाउँसभाका अध्यक्ष, उपाध्यक्ष, गाउँसभा सचिब एवं सदस्यहरुलाई बुधबार जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा बकैया गाउँपालिकाका १२ वटै वडाका ४५जना युवाहरुलाई अध्यक्ष दाहाल तथा प्रशिक्षकद्वय सन्जिप न्यौपाने र सन्देश गौतमले सहजीकरण गरिरहनुभएको छ । प्रशिक्षणको पहिलो दिन युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेतृत्व बिकास सम्बन्धी अवधारणाको विषयमा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

दोस्रो दिनमा नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, गाउँसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ- नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय