मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ,लेबलिङ र प्याकेजिङ्गको तयारी गरेको छ ।

आज मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङ्गका विभिन्न तरिकाहरु नमूनाको रुपमा देखाईएको थियो । जसमा बाक्लो कागजको डिब्बा, पेपरको प्लाष्टिक कोटेड प्याकेट,कपडाको सुर्के थैेली, प्लाष्टिकको प्याकेट,प्लाष्टिकमा साधारण स्टिकर राख्ने रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

मकवाापुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लि. मकवानपुरगढी ४, कालिखोलाले रैथाने बाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत बजारीकरण गर्ने गरि कालिखोला ब्रान्डको नाममा कोदोको दाना र पिठोको लेबलिङ र प्याकेजिङ्गको तयारी भईरहेको छ । भने ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ्गको कार्यमा स्टोरी साइकलले प्राविधिक सहयोग गरिरहेको चौधरीले बताउनुभयो ।

ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ्गको कार्य पछि उक्त सामाग्री बिक्रीका लागी बजारमा लगिने सहकारी संस्थाले जनाएको छ ।

कृषि समाचार मुख्य समाचार रोचक समाचार सहकारी स्थानीय