सहकारी दिवश मनाउन बागमतीमा सहकारी बोर्डका उपाध्यक्ष देवकोटाको संयोजकत्वमा प्रदेश स्तरीय समिति गठन

०५ चैत्र,हेटौंडा- ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाउन   बागमती प्रदेशमा प्रदेश स्तरीय एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा आज सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले सहकारी दिवस मनाउन समिति गठन गरेको हो । भेलाबाट बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

सहकारीको अभियानलाई जागरण र चेतनाको अभिबृद्दी गर्ने उदेश्यका साथ नेपालको पहिलो सहकारीका रुपमा चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन पारी हरेक वर्ष चैत्र २० गते मनाईने सहकारी दिवसमा यस वर्षको नारा ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ रहेको छ ।

सहकारी दिवसकै अवसरमा ३ दिवसीय कार्यक्रम तय गरिएको छ । जस अनुसार चैत्र १८ गते बिहान ७:०० बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम गरिनेछ भने १९ गते फलफूल बितरण र अन्तिम दिन २० गते बिहान भुटनदेबी माबि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली सहित सभामा परिणत भई प्रवचन कार्यक्रम गरि सभा विसर्जन गरिनेछ । साथै सोही दिन साँझ दिपावली गरी कार्यक्रम समापन गरिने समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभएको छ ।

भेलाले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन समन्वयका लागि विभिन्न जिम्मेवारी तोकिएको छ ।   बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे सह–संयोजक रहनु भएको छ । यसैगरी सदस्य सचिवमा प्रदेशको पर्यटन , उद्योग तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका अधिकृत रोहित पोखरेल हुनुहुन्छ भने प्रमुख सल्लाहकारमा मन्त्रालयका सचीव गोविन्द रिजाल र सल्लाहकारमा सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली रहनु भएको छ ।

भेलाले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ । सचिवालयमा मूल आयोजक समिति संयोजक नारायण प्रसाद देवकोटा, सह-संयोजक रामशरण शर्मा घिमिरे, सदस्य सचिव रोहित पोखरेल रहनु भएको छ ।

यसैगरी सचिवालय सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेश संयोजक  डि.बि. वस्नेत, राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक एवं मकवानपुर जिल्ला सहकारी संघ लि. का निबर्तमान अध्यक्ष बद्रि प्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाई, बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यालय प्रमुख पुरुषोत्तम मिश्र, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकंको बागमती प्रदेश संयोजक रामहरी बजगाई, नेप्स्कुनको बागमती प्रदेश प्रतिनिधि जिवस राज खड्का, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धब सापकोटा, बागमती प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, मकवानपुर जिल्ला बहुउद्देश्यिय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरी प्रसाद कडेल, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा लगायत रहनु भएको छ ।

मूल समारोह समितिका सदस्यहरुमा प्रदेश भित्रका राष्ट्रिय सहकारी महासंघका संचालक तथा लेखासमिति,विषयगत केन्द्रिय सहकारी संघका अध्यक्ष , संचालक तथा लेखासमिती, बागमती प्रदेश भित्रका सहकारी संघका अध्यक्ष , संचालक तथा लेखा समिति, बागमती प्रदेशका १२ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, संचालक , लेखा समिति तथा पुर्व अध्यक्षहरु , बागमती प्रदेशको १३ वटै जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष, सञ्चालक, लेखा समिति तथा ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा, नेप्स्कुनका बागमती प्रदेशका संचालकहरु तथा फिल्ड कार्यालय हेटौंडाका प्रमुख एवम् संचालकहरु, मकवानपुर जिल्लाका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, पालिका स्तरिय समन्वय समितिका संयोजकहरु रहनु भएको संयोजक देवकोटाले बताउनुभयो । 

बागमती प्रदेश मुख्य समाचार समाचार समाज सहकारी