हेटौंडामा सहकारी दिवस मनाउन तयारी तिब्र, १८ गतेबाट विभिन्न कार्यक्रम

१४ चैत्र,हेटौंडा- हेटौंडामा प्रदेश स्तरीय ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाउने तयारीलाई तीब्र बनाईएको छ ।

दिवसलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न विषयगत सहकारी संघहरुले तिब्रता बढाएका हुन् । जस अनुसार मंगलबार हेटौंडामा दुग्ध सहकारी संघले आफ्ना सदस्य सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थितिमा सहकारी दिवस २०७९ लाई सफलता पुर्वक सम्पन्न गर्न छलफल गरेको छ ।

यस्तै सोमबार बहुउद्देश्यीय सहकारी संघले पनि सदस्य संस्थाहरुको अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थितिमा तयारी बैठक आयोजना गरिएको थियो ।

यसैबीच बागमती प्रदेशमा सहकारी दिवस मनाउन प्रदेश स्तरीय एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा केही दिन अघि सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले सहकारी दिवस मनाउन समिति गठन गरेको थियो । भेलाबाट बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

नेपालको पहिलो सहकारीका रुपमा चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन पारी हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिएको छ । सहकारी दिवसमा यस वर्षको नारा ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ रहेको छ ।

सहकारी दिवसकै अवसरमा ३ दिवसीय कार्यक्रम तय गरिएको छ । जस अनुसार चैत्र १८ गते बिहान ७:०० बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम गरिनेछ भने १९ गते फलफूल बितरण र अन्तिम दिन २० गते बिहान ७ बजे भुटनदेबी माबि हेटौंडाको चौरबाट प्रभातफेरी र्‍याली सहित पल्पसा हलमा सभामा परिणत भई प्रवचन कार्यक्रम गरि सभा विसर्जन गरिनेछ । साथै सोही दिन साँझ दिपावली गरी कार्यक्रम समापन गरिने समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

बागमती प्रदेश मुख्य समाचार समाचार समाज सहकारी