भानु माविको ४० औं अभिभावक भेला सम्पन्न (फोटो फिचर)

१४ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको श्री भानु माध्यमिक विद्यालयको ४० औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीनको सभाध्यक्षतामा भेला भएको हो ।
कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउनु हुने ब्यक्ति एवम् संस्थाहरुलाई सम्मान गरिएको थियो । विद्यालयलाई पालिका तथा प्रदेशको नमुना विद्यालयका रुपमा विकास गर्ने उदेश्यले अहोरात्र भुमिका खेल्नु भएका गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै सम्मान पाउनेमा निर्माण ब्यवसायी विक्रम योन्जन , रानी सामुदायिक वन का तर्फबाट अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहनु भएको छ ।
त्यस्तै सो विद्यालयको फिडर विद्यालयहरु वडा नम्बर ३ मा रहेको सरस्वती आधारभुत विद्यालय र वडा नम्बर ४ मा रहेको ज्वाला देवी आधारभुत विद्यालयलाई पनि सम्मान गरिएको थियो । विद्यालयका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट हुनुहुने शिक्षक लगायत पठनपाठनमा उत्कृष्ट विषय शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले विद्यालयको प्रगति प्रतिवेदन तथा लेखापाल शान्त प्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विषेश अतिथि एवम् गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाई , वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे , वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना , विद्यालयका पुर्व अध्यक्ष खिलप्रसाद चौलागाईं , रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने , श्रीजनशिल समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारी , विद्यालयका सल्लाहकार देवनारायण लामिछाने , ज्वालादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक सरोज फयल , विद्यालयका पुर्व प्र.अ. कृष्ण प्रसाद पोखरेल , समाजसेवी विजयी थोकर लगायतले आफ्नो धारणा राख्नु भएको थियो । भेलामा स्थानीय विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।
१२ कक्षासम्म अध्यापन हुने विद्यालयमा हाल पि.जि. कक्षा देखि कक्षा १२ सम्म ४७० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

मुख्य समाचार रोचक शिक्षा समाचार