मकवानपुरगढीको वडा नम्बर -३ अनिवार्य तथा निशुल्क शिक्षा वडा भएको घोषणा

११ जेठ ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ लाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरिएको छ ।

वडा नम्बर ३ को कार्यालय मक्रान्चुलीमा बिहिवार आयोजित एक कार्यक्रमबाट वडालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको हो ।

वडा कार्यालयको आयोजना तथा वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपाली , शिक्षा शाखा प्रमुख रामबहादुर घलान , स्रोत शिक्षक दासरथी उपाध्याय , शिक्षा शाखाका भगवती घिमिरे , राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , विद्यालयका प्रमुख एवम् प्रतिनिधि , वडाका जनप्रतिनिधि , टोलविकास , स्वास्थ्य संस्थाका प्रमुख एवम् प्रतिनिधि , महिला स्यमसेविका लगायतकाको उपस्थिति रहेको थियो ।
बागमती प्रदेश सरकारले प्रदेश भित्रका १९ वटा गाउँपालिकालाई सो कार्यक्रम लागु भएको गाउँपालिका घोषणा गर्ने क्रममा मकवानपुर जिल्लाका २ पालिका मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकामा यो कार्यक्रम लागु हुन लागेको हो ।

विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालय मै उपस्थित गराउने उदेश्यले यो कार्यक्रम लागु गर्न लागिएको हो । आधारभूत तहका विद्यालयमा कार्यक्रम लागु भए पश्चात् सो उमेर समुहका बालबालिका विद्यालय बाहिर नहुने अपेक्षा गरिएको छ ।

सोहि कार्यक्रम अन्तरगत यस अघि मकवानपुरगढीका वडा नम्बर १ लाई सो कार्यक्रम लागु भएको घोषणा गरिएको थियो भने क्रमश अन्य वडा लाई पनि घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बागमती प्रदेश मुख्य समाचार रोचक शिक्षा