ओली नेतृत्व सरकारमा थपिए तीन मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।ओली नेतृत्व सरकारमा तीन जना मन्त्री थपिएका छन्।

प्रधानमन्त्री ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट रुपा विकलाई वन तथा वातावरण, पूर्णबहादुर  तामाङ(कान्लाछाराम) लाई उर्जा जलश्रोत तथा सिँचाइ र नाउपाबाट अरुण चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त गरिएको हो।

मुख्य समाचार राजनीति समाचार