बागमतीका प्रदेश प्रमुख देबकोटाद्वारा पदभार ग्रहण

बागमतीका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज आफ्नो कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् । हिजो मात्र राष्टपति रामचन्द्र पौडेल मार्फत सपथग्रहण गरेका देवकारोटले आजै पदभार ग्रहरण गरेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुखलाई निबर्तमान प्रदेश प्रमुख यादब चन्द्र शर्माले पदभार ग्रहण गराए । शर्माले आफु बस्दै आएको प्रदेश प्रमुखको कुर्सीमा देवकोटालाई बसाए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक लगायतकाको उपस्थिती रहेको थियो ।

 

बुधबार प्रदेश प्रमुखमा नियुक्त भएका उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

बागमती प्रदेशमा यसअघि यादवचन्द्र शर्मा प्रदेश प्रमुख थिए । शर्मा नेकपा माओवादी नेतृत्वको सरकार हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

मुख्य समाचार राजनीति समाचार