मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु

भीमफेदी–कुलेखानी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडीखेतस्थित एघार घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बीरगंज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने वर्ष ४० को बृतनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्र.२–०३–०११ प ३४७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उद्धार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल पटाडी सवार बाराको फेटा गाउँपालिका–७ बस्ने वर्ष ३६ को रमेश पाण्डे घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय