कृष्ण गौतमको ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार र पवन चामलिङलाई पद्मश्री साधना सम्मान

२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । उहाँकासमालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय भएको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुनुहुन्छ ।

यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा.केदारभक्त माथेमालाई अर्पण गर्ने निर्णय भएको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सबै पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।

 

 

मुख्य समाचार समाचार समाज साहित्य