दुग्ध सहकारीकर्मी कर्मचारी सहकारीको साधारणसभा तथा बनभोज कार्यक्रम

१३ पौष, हेटौंडा- दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा-१ मकवानपुरको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं ११ मा रहेको पर्यटकीय स्थल शहिद स्मारकमा बनभोज सहित सभा सम्पन्न गरिएको हो ।


मकवानपुर जिल्लामा दुग्ध सहकारीका काम गर्ने कर्मचारीहरुको हक हितको पक्षमा आवाज उठाउँदै भविस्यको लागि बचत गर्ने गराउने उदेश्यले २०७० सालमा संस्थाको स्थापना भएको हो ।


बनभोज सहित आयोजना गरिएको साधारणसभामा मकवानपुरका दुग्ध सहकारीहरुमा काम गर्दै आउनुभएका करिव एक सय बिस जना कर्मचारीहरुको उपस्थिति रहेकोे थियो । सहकारीमा आ. व. २०८०/०८१ सम्ममा सदस्यहरूको २१ लाख बचत रहेको छ भने सदस्यहरूलाई २६ लाख ऋण लगानीमा रहेकोे संस्थाका कोषाध्यक्ष नवराज गौतमले बताउनुभयो । हाल संस्थामा ८९ जना सदस्यहरु रहेको उहाँले जानकारी दिनुभएको छ ।

संस्थाका अध्यक्ष कुमारमणी दहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको प्रमुख आतिथ्यता मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य तथा संस्थाका सल्लाहकार बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, जिल्ला दुग्ध संघका सल्लाहकार खिलप्रसाद चौलागाईं, जिल्ला दुग्ध संघका संचालक सदस्यहरू सावित्रीदेवि तिमल्सिना, धनबहादुर कार्की, कृष्ण प्रसाद चौलागाईं , संस्थाका सदस्य समेत रहनु भएका मकवानपुरगढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, कर्मचारी सहकारी संस्थाका सल्लाहकार बलराम हुमागाई, गोविन्द दहाल, मन्दिरा ढकाल लगायतकाको आतिथ्यता रहेको थियो ।


संस्थाका उपाध्यक्ष बलराम घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन संस्थाका सचिव गोविन्द प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

संस्थाले दुग्ध सहकारीहरुमा कामगर्ने कर्मचारीहरुको कम्तीमा राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षाकोषमा आवद्धता, समान पोसाकको ब्यवस्थापन, कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमका लागि निरन्तर पहल गरिरहेको छ ।

मुख्य समाचार समाचार सहकारी