जनजागृतिनगर दुग्ध सहकारीको साधारणसभा सम्पन्न

१५ पौष,हेटौंडा- मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं ८ मा रहेको जनजागृतिनगर दुग्ध उत्पादक सहकारी संस्थाको ३३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य इन्द्रप्रसाद खतिवडा, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य मन्जु भुर्तेलको विशेष आतिथ्यता रहेको थियो ।

साधारणसभा कै अवसर पारि संस्थाले एकल महिला सदस्यहरुलाई सम्मान गरेको छ । सम्मान पाउनेमा मिरादेवी सुवेदी , राधादेवी पौडेल , बिन्दा फुयाल रहेका छन् ।
त्यस्तै असल ऋण तर्फ लेखा सुपरिवेक्षण समिति संंयोजक सुमित्रा चौलागाईं (पाण्डे) लाई सम्मान गरिएको छ । त्यसैगरी वार्षिक ५ हजार लिटर भन्दा बढी दुध बिक्री गर्ने बासु कार्की , शारदा सापकोटा र सुर्यसिंह अधिकारी ,धेरै दुध बिक्री गर्ने तर्फ १२०९० लिटर दुग्ध बिक्री गरि संस्थाका उपाध्यक्ष सावित्री श्रेष्ठ प्रथम , ११६८० लिटर दुग्ध बिक्री गर्ने भगवती सुवेदी द्वितीय र ६५०७ लिटर दुग्ध बिक्री गरि शिव श्रेष्ठ तृतीय हुनुभएको छ । त्यस्तै गुणस्तर दुग्ध बिक्री गर्ने तर्फ अनिता चालिसे पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा हेटौंडा ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था , हेटौंडा ८ मा रहेको सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्था ,हेटौंडा ८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था , टोल विकास नगर समन्वय समिति हेटौंडा ८ का अध्यक्ष एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक इश्वर बस्नेतले गर्नुभएको थियो ।

मुख्य समाचार समाचार समाज सहकारी