सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

१८ चैत, हेटौंडा – ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय गठित सहकारी दिवस २०८१ मुल समारोह समितिको आयोजनामा कार्यक्रम भएको हो ।

मुल समारोह समितिका संयोजक प्रदेश राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सहकारी संस्थाहरुमा ऋण व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको सन्दर्भमा कार्यक्रममा विषयवस्तुको बारेमा मुल समारोह समितिका संयोजक प्रदेश राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले प्रष्ट पार्नुभएको थियो भने प्रदेश रजिस्ट्रार कुमार तामाङले विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको भएको थियो ।

कार्यक्रममा सहभागीले उठाएका विषयवस्तुका बारेमा रजिस्ट्रार तामाङ , हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल र मालपोत कार्यालय मकवानपुरका अधिकृत भीम बहादुर परियारले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचीव रुद्र प्रसाद लामिछाने, जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष एवम् सहकारी अभियन्ता बद्री प्रसाद लम्साल , बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने , जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान लगायतले आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संचालन जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यो वर्षको नारा ‘मर्यादित सहकारी, समुन्नत समाज’ रहेको छ । सहकारी दिवस कै अवसरमा मंगलबार बिहान ७ बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने चैत २० गते बुधबार र्‍याली सहितको कार्यक्रम तय गरिएको मुल समारोह सचिवालय समितीका कार्यालय सचीव एवम् जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दहालले बताउनुभयो ।

बागमती प्रदेश मुख्य समाचार समाचार सहकारी