बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

हेटौंडा- नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन गर्दै सम्पुर्ण तालिम प्राप्त स्वंमसेवकलाइ तयारी अबस्थामा राख्ने, उपशाखाको बैधानिक दायित्व पूरा गर्दै बार्षिक साधारणसभाको तयारी गर्ने लगायतको महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपसभापती यसोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्लेले समग्र बिपद ब्यबस्थापन तथा उपशाखाको परिचालन,
उपमन्त्री शिबहरि दाहालले जुनियर/ युवा सर्कल एवं स्वंमसेवक परिचालनका बारेमा छलफल चलाउनुभएको थियो ।

बैठकमा कोषाध्यक्ष किशोर बर्तौला, उप-कोषाध्यक्ष मंगल रखाल, सदस्यहरु रामजी सापकोटा, पिताम्बर बास्तोला, नारायण तिमल्सिना, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा लगायतका पदाधिकारी तथा सदस्यहरु, उपशाखाहरुका सभापती, सचिब एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाज