मकवानपुरगढी-३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडाको एक घरबाट नगद र गरगहना चोरी भएको छ ।

शुक्रबार दिउँसो करिब १२ बजेको समयमा घरमा कोहि नभएको समय पारी स्थानीय राजन भनिने पुष्पकमल सुवेदीको घरबाट चोरी भएको हो ।

घरमा लगाएको ताल्चा तोडफोड गरेर नगद र गरगहना सहित करिब १ लाख पचास हजार बराबरको चोरी भएको सुवेदीले बताएका छन् ।

चोरी भएको जानकारी प्रहरीलाई गराएको र प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

केहि समय अघि पनि मकवानपुरगढी गाउँपालिकाको वडा नं ४ कालिखोलाका बद्री सापकोटाको घरबाट पनि दिउँसोको समयमा नगद तथा गरगहना चोरी भएको थियो ।

शान्त रहेको गाउँमा चोरीको घटना बढ्न थालेपछि स्थानीय भने त्रसित हुन थालेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय