मकवानपुर जिल्लामा लगाईएको निषेधाज्ञा हटाईयो , सार्वजनिक सवारी साधन सञ्चालनमा रोक , अत्यावश्यक सामाग्रीको कारोबार बिहान ५ बजे देखि १० बजेसम्म

१५ भाद्र २०७७ , मकवानपुर – मकवानपुरको चार वटा स्थानीय तहमा गत साउन २६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा हटाइने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिकामा लगाएको निषेधाज्ञा हटाउने निर्णय हो ।

बैठकले भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा हटाएर केही खुकुलो बनाएको छ । निजी सवारीसाधन सञ्चालन, बैक सञ्चालन, बजार बिहान १० बजेसम्म सञ्चालनलगायतका निर्णय जिल्ला प्रशासनले गरेको छ । सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्यलगायतका अतिआवश्यक बस्तु खरिद गर्न बिहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको छ । १० बजेपछि औषधि बाहेकका सम्पूर्ण पसल बन्द गरिने भएको छ ।

त्यसैगरी बैठकले जिल्लाभरका वित्तिय संस्था, बैँकहरु बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।आवश्यक कामका लागि सर्वसाधारणलाई निजी सवारी साधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको गर्तौलाले बताए ।

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वहरुको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्न लगायत विभिन्न सामग्रीहरु लोड अनलोड गर्न बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म समय निर्धारण गरिएको छ ।

अर्थ कृषि समाचार प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) स्थानीय