हेटौंडामा फुड बैंक सञ्चालन

१५ भाद्र २०७७ , मकवानपुर – मकवानपुरको हेटौंडामा फुड बैंक( खाध्यान्न आदानप्रदान कार्यक्रम ) संचालनमा आएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालनमा ल्याएको हो । फाउण्डेशनले “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गरेको फाउन्डेसनका जिल्ला सदस्य शिबहरि दाहालले जानकारी दिए ।
आज देखि फाउण्डेशनले हेटौंडाको कपुर कमप्लेक्स (अटोल्याण्ड) चोकमा फुड बैंक सञ्चालन गरेको हो । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्न सक्नेछन् भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान सक्ने दाहालले बताए ।
फुड बैंकबाट नहुनले निशुल्क खाद्यन्न (चामल,दाल नुन र तेल) केहि दिनलाई पुग्ने लान पाउने छन् भने आफू सङ्ग भएका सहयोगी दाताहरुले त्यहाँ खाद्यन्न सहयोग गर्न पाउने छन् । फुड बैंक बिहान ७ बजे देखि ९ बजेसम्म खुल्ने छ ।

सोमबारबाट सुरु भएको खाध्यान्न आदानप्रदान कार्यक्रमको उद्द्घाटन फाउण्डेशनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघमा अध्यक्ष नारायण देबकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, फाउन्डेसनका सचीव आशाकाजि श्रेष्ठ, सदस्य उत्तम न्यौपाने, भवानी शर्मा, रमिला सापकोटा, कमल बिश्वकर्मा, समाजसेवी दिपेन्द्र चन्द ठकुरी, नरेन्द्र भण्डारी, समिम खान, लगाएतकाको सहभागिता रहेको थियो ।
आज २५ जनाले कार्यक्रमबाट लाभान्वित भएको दाहालले जानकारी दिए ।

अर्थ प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति रोचक समाचार