त्रिकोणात्मक टी-२० सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

काठमाडौं / नेपाल क्रिकेट संघको आयोजनामा शनिबारदेखि काठमाडौंमा सुरु भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुदैछ।

यो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिधालयको अन्तर्राष्ट्रिय मैदानमा दिउसो १२:१५ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
तीन राष्ट्र सहभागी सिरिजमा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

अन्तराष्ट्रिय खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार