मकवानपुरगढीमा टाइफाइड खोप अभियान लक्ष्य भन्दा राम्रो

२९ चैत्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा टाइफाइड खोप अभियान स्वास्थ्य कार्यालय मकवानपुरको लक्ष्य भन्दा पनि धेरै प्रगति भएको देखिएको छ । अभियान अन्तर्गत गत २५ गतेदेखि आजसम्म १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइएको हो । जस अनुसार ५६२५ जनामा खोप लगाई लक्ष्यमा १०५ प्रतिशत प्रगति हासिल भएको छ।

टाइफाइड विरुद्धको खोप अभियान २०७८/०७९ अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडाबाट खोप लगाइएको थियो ।

लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने साथै सुक्ष्म योजना निर्माण देखि समयमै भ्याक्सिन लगायतका आवश्यक सम्पुर्ण सामग्री उपलब्ध गराइ तोकिएको समयावधिमा नै अभियान सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निभाउनु हुने सबैमा पालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य