मकवानपुरगढी २ को वडाध्यक्षमा नेपाली कांग्रेसका बखान सिंह पाख्रीन प्यानल सहित विजयी


२ जेठ,मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका बखान सिंह पाख्रिन विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मत गणना अनुसार पाख्रिनले ११७१ मत ल्याई पुनः दोस्रो कार्यकालको लागि  वडाध्यक्षमा विजयी भएका हुन् ।

पाख्रीनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्त बहादुर सिंगारलाई पराजित गर्दै विजयी भएका छन् । एमालेका सिंगारले ५९७ मत पाएका थिए भने माओवादीका उमेदवार जीतबहादुर लो ले ३३७ मत प्राप्त गरेका छन् । पाख्रिन प्यानल सहित विजयी भएका हुन् ।

यो परिणाम सँगै मकवानपुरगढीमा मत परिणाम सार्वजनिक भएका चारवटा वडाहरु १,२,७ र ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति